RayNewsDaily
शेयर बजार १९ अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार वृद्धि भएको छ । गत साताको सोमबारदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशतले वृद्धि भएको छ । हिम स्टार ऊर्जा कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । वृद्धि भएकामध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशतले बढेको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update