RayNewsDaily
चार जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार प्रदान गरिने

रे समाचार/काठमाडौं । नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार' प्रदान गरिने भएको छ ।

अमर प्राज्ञहरू महासमाल‍ोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो ।

'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ ।

महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । स‍ोही अवसरमा यी पुरस्कार समर्पण गरिने छन् ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराउनुभएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update