तीनजना स्रष्टालाई पुरस्कृत गरिने
रे समाचार/काठमाडौं । वासु शशी स्मृति परिषद्ले तीनजना साहित्यसेवीलाई पुरस्कृत गर्ने भएको छ ।
परिषदले साहित्यकार बसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ प्रदान गर्ने घोषणा गरेको छ ।
साहित्यिक पत्रकार तथा सर्जक जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार-२०८२’ र साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२’ प्रदान गरिने परिषद्ले निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । घोषित पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९०औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते समर्पण गरिने परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
