RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २०.७५ अंक घटेर २६४२.१५ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ३३ रुपैयाँबढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको साढे ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update