RayNewsDaily
जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद    

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     
     
पक्राउ पर्नेमा कनकाई नगरपालिका-८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     
     
स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई-छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो ।     
     
सो अवसरमा प्रहरीले उहाँका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई-छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।     
     
घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।     
     
लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उहाँको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update