RayNewsDaily
शेयर बजार स्थिर

रे समाचार/काठमाडौं । शेयर बजार आज करिब स्थिर रहेको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । नेप्से करिब स्थिर रहे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

रिडी पावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक ९.६७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ भने आँखु खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सुमर माई हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update