RayNewsDaily
वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात   

वीरगञ्ज (पर्सा) ।  वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ ।    
    
 वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताउनुभयो ।    
    
 जबकी गत आवको छ महिनामा भने रू ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा रू ५ अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।    
    
 चालु आवको छ महिनामा रू तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा रू. १ अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै रू २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update