खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१-००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, माघ १२, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
