RayNewsDaily
नेपाल र चीनबीच द्विपक्षीय व्यापार बढाउन व्यापक सम्झौता

रे समाचार/काठमाडौँ । सीमा व्यापार तथा सहयोग सम्बन्धी चीन-नेपाल समन्वय संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको छ । यही जनवरी २० देखि २१ सम्म चीनको सिचाङ स्वायत्त क्षेत्रको ल्हासामा सफलतापूर्वक बैठक सम्पन्न भएको त्यहाँबाट नेपाल महावाणिज्य दूतावासले जनाएको छ ।

बैठकको सह-अध्यक्षता नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र सिचाङ जनसरकारका उपाध्यक्ष झाओ पेङले गर्नुभएको थियो । बैठकले द्विपक्षीय व्यापार बढाउने, सम्पर्क सञ्जाल सुधार गर्ने र सीमापार सहयोगलाई सुदृढ पार्ने विषयमा व्यापक सम्झौताहरू गरेको छ ।

सीमा सञ्चालन सुधार गर्न, दुवै पक्षले समय र लागत घटाएर द्विपक्षीय व्यापार बढाउन नेपाल–चीन सीमा यातायात सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्ष जोखिममा आधारित निरीक्षण, राम्रो प्रयोगशाला परीक्षण, डेटा साझेदारी, सवारी साधन आवागमन र जुट निर्यातमा सुधार सहित नेपाली साइलेज निर्यातका लागि ग्रिन  च्यानल प्रयोग गरेर व्यापार प्रवद्र्धन गर्न सहमत भएका छन् । सुरक्षाका लागि सीमा कानून प्रवर्तनप्रति दुवै पक्षले आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् ।

615967298_1432449701773605_3682476772389269213_n-1769077069.jpg
दुवै पक्ष किमाथांका नाकाबाट वस्तु आयात निर्यातका सम्बन्धमा आपसी समझदारीमा पुगेका छन्, जुन कूटनीतिक माध्यमबाट अगाडि बढाइनेछ । लगानी र पर्यटनका लागि नेपालले जिलोङ र रसुवा जिल्लाको ग्रामीण नगरपालिकाबीच भगिनी शहर सम्बन्धको विचारलाई स्वागत गर्‍यो र औपचारिक प्रस्तावको लागि अनुरोध ग¥यो । दुवै पक्षले जिलोङ–रसुवा सीमापार पर्यटन क्षेत्रका लागि कार्य योजना विकास गर्न नेपाल-चीनको सिचाङ संयुक्त पर्यटन समन्वय समितिलाई जिम्मेवारी दिन सहमति जनाएका छन् । नेपाली पक्षले नेपाल-चीन कृषि उच्चप्रविधि पार्कको अर्को चरणको लागि संयुक्त उच्चस्तरीय भ्रमण प्रस्ताव गरेको छ ।

व्यापक सहयोगमा दुवै पक्षले अधिकृत आर्थिक अपरेटर प्रमाणीकरणको अवधारणा कार्यान्वयन गर्न, काठमाडौँ र ल्हासाबीच बस सेवा पुनः सुरु गर्न, तालिम मार्फत सामानको गुणस्तर र सुरक्षा सुधार गर्न, एकअर्काको चिकित्सा योग्यतालाई मान्यता दिन र परम्परागत औषधिमा सम्बन्ध सुदृढ गर्न सहमत भएका छन् ।

बैठक मैत्रीपूर्ण र सहयोगी वातावरणमा सम्पन्न भएको र यसले भविष्यको सहकार्यको लागि ठोस आधार स्थापित गरेको ल्हासास्थिति नेपाली महावाणिज्यदूतावासले जनाएको छ । दुवै पक्ष पारस्परिक रूपमा सहमति भएको मितिमा काठमाडौँमा चौथो बैठक आयोजना गर्न सहमत भएका छन् ।

620727604_1289922162945537_5797411023487038875_n-1769077113.jpg
जनवरी २० को साँझ, सचिव डा. घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई चीनको सिजाङ स्वायत्त क्षेत्रको जन सरकारका उपाध्यक्ष झाओ पेङले आयोजना गर्नुभएको भोजमा स्वागत गरिएको थियो । नेपाली प्रतिनिधिमण्डलमा ल्हासास्थित नेपाल महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा वाणिज्य विभाग, विदेश मामिला कार्यालय, चीन भन्सार र चीनको सिचाङ स्वायत्त क्षेत्रमा रहेका अन्य सरकारी निकायका वरिष्ठ अधिकारीहरू समावेश थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update