RayNewsDaily
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा    

काँक्रेविहार (सुर्खेत) । निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्र चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ ।     
     
आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ । रासस

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update