RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ६ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । आज मूल्य घटेका स्टहरुको गिरावटदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update