RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.९० अंकले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब ४७ करोड  रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

आज थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, दोर्दी खोला जलविद्युत् कम्पनी र सुपर माई हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोवरको शेयरमूल्य भने आज सर्वाधिक ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसवाई प्यानल कम्पनीको ३४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update