RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचा/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज सान्भी इनर्जीको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । आज मूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भी इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update