RayNewsDaily
शेयर बजारमा १३ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब १२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले वृद्धि भएको छ । फस्ट माइक्रोफाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी र शुभम् पावरको २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एसवाई प्यानल नेपालको शेयरमूल्य आज सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update