रे समाचार/काठमाडौं । सन् २०२५ को अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०.८७ अंक बढेर २६३३.७६ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । गत सोमबार ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएकोमा आज ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, पियोर इनर्जी कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ७( लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, बन्दीपुर केवलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ ।
