RayNewsDaily
७५० केजी गाँजासहित दुई जना पक्राउ   

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।    
    
को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले राससलाई बताउनुभयो । गाँजाका साथ जिपचालक बेलटार नगरपालिका-६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update