RayNewsDaily
शेयर बजार १.३७ अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.३७ अंक बढेर २५८५.८७ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार ऊर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने तेह्रथुम पावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update