RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज परिसूचक सामान्यले वृद्धि भएएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंकले बढेको हो ।

नेप्से परिसूचक आज ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ३ अर्ब ५१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशतले बढेको छ । यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले वृद्धि भएको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य भने आज सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गसको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update