RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक आज ५.७० अंक बढेर २६२५.७० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update