RayNewsDaily
प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि       
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।    
    
पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गर्नुभएको छ ।    
    
यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।    
    
मन्त्री किरातीका बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update