RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने वृद्धि भएको हो । नेप्से परिसूचक आज ७.३९ अंकले वृद्धि भई २६१४.०७ विन्दुमा झरेको छ । नेप्से वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ६६ करोड ९५ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमस्टार ऊर्जा कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ३.८८ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक घटेको छ भने ९ वटा उपसमूहको परिसूचक बढेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update