RayNewsDaily
फरार कैदीबन्दी पक्राउ    

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।     
     
वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका-८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो ।     
     
प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update