RayNewsDaily
सुनचाँदीको मूल्यमा सामान्य गिरावट    

काठमाडौँ  । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।     
     
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।     
     
 शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो ।     
     
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update