RayNewsDaily
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत

काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन हुनु भएको छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको हो । पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो ।

श्रेष्ठले समिति समक्ष १८ पेज लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो । उहाँविरूद्ध तीनवटा उजुरी परेका थिए ।

नेपालको संविधान अनुसार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिनुभएको थियो ।

संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update