RayNewsDaily
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद        

सर्लाही  । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।     
     
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ ।     
     
यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update