रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर शेयर बजार बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि बढ्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २६७६.०३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने केही घटेको छ । हिजो ६ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज चारवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । हिमस्टार ऊर्जा र फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड १७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।
