रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक आज ५.१५ अंक घटेर २५४०.५७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८९ करोड ३० लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सर्वाधिक १० प्रतिशतले र रु रु जलविद्युत् परियोजनाको शेयरमूल्य साढे ९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । सो बैंकको आज २८ करोड ९० लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २१ करोड रुपैयाँ नाघटेको छ भने माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीन वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
