रे समाचार/काठमाडौं । शेयर बजार आज स्थिर रहेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ०.३१ अंकले वृद्धि भई २५४४.९१ विन्दुमा कायम भएको छ । आज नेप्से सूचक करिब स्थिर रही कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । हिजो ३ अर्ब ८४ करोड ८५ लाख बराबरको शेयर किनबेच भएकोमा आज ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ इनर्जी लिमिटेड, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सागर डिस्ट्रिलरी, बुंगल हाइड्रोपावर, बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेड र रुरु जलविद्युत् परियोजनाको शेयर सर्किट लेभलमा कारोबार भएको हो । नेपाल पाइक्रो इन्स्युरेन्स कम्पनीको शेयर भने आज सर्वाधिक ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । हिमालयन डिस्ट्रिलरीको १३ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी युनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १३ करोड ५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज ७ वटा उपसमूहको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा आज गिरावट आएको छ ।
