रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.२१ अंकले वृद्धि भई २५६५.१६ विन्दुमा पुगेको छ । आज नेप्से सूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । ४ अर्ब ५१ करोड ४४ लाख बराबरको शेयर किनबेच भएकोमा आज ३ अर्ब ५२ करोड ६१ लाख ७५ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज पनि पाँचवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साइन रेसुङ्गा डिभेन्चर, बन्दीपुर केबलकार एन्ड टुरिज्म, माबेलुङ इनर्जी, सागर डिस्ट्रिलरी र बुंगल हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएको हो । आज एसबिआई बैंकको डिभेन्चरको शेयर करिब १० प्रतिशतले र सिटी होटलको शेयर करिब ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३५ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ भने एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज ७ वटा कम्पनीको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ ।
