RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ५.८० अंकको गिरावट आई २५६०.२९ विन्दुमा झरेको छ । आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ९० करोड ७६ लाख बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज पाँचवटा स्टकको शेयर करिब १० प्रथिशतले वृद्धि भएको छ । दरमखोला हाइड्रो इनर्जी, सागर डिस्ट्रिलरी, बुंगल हाइड्रोपावर माबेलुङ इनर्जी र सिटी होटलको शेयर करिब सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज उन्नति सहकार्य लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४८ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रोपावरको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ भने एसबिएल डिभेन्चरको २४ करोड ९० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज तीन वटा कम्पनीको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update