RayNewsDaily
शेयर बजारमा गिरावट, नेप्से पुन: २६०० विन्दुभन्दा तल

रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.२९ अंकले वृद्धि भई २५९६.१२ विन्दुमा पुगेको छ । आज नेप्से सूचकमा गिरावट आए पनि कारोबार रकम भने वृद्धि भएको छ । ४ अर्ब ६८ करोड १९ लाख बराबरको शेयर कारोबार भएकोमा आज ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपियाँको शेयर किनबेच भएको  छ । 

आज दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने मानुषी लघुवित्तको ७ प्रतिशतभन्दा बढीले बढेको छ । आज सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिस्ट्रिलरीको २७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज दुई वटा कम्पनीको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update