रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १२.१७ अंकले वृद्धि भई २६०७.४२ विन्दुमा पुगेको छ । आज नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १५ करोड ७ लाख बराबरको शेयर किनबेच भएकोमा आज ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको शेयर करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी नेपाल फाइनान्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सम्पदा लघुवित्तको ५ प्रतिशतभन्दा बढी र पिपुल्स हाइड्रोपावरको शेयर ४ प्रतिशतभन्दा बढीले बढेको छ । आज फस्ट माइक्रोफाइनान्सको शेयर सर्वाधिक ७ प्रतिशतभन्न्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन डिस्ट्रिलरीको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत् कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज दुई वटा कम्पनीको शेयरमा गिरावट आएको छ भने बाँकी सबै उपसमूहको शेयर वृद्धि भएको छ ।
