रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ८.२४ अंकको गिरावट आई २६२२.८९ विन्दुमा झरेको छ । आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २० करोड ३१ लाख बराबरको शेयर किनबेच भएकोमा आज ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयर करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी आज विभिन्न बैंकहरूको डिभेन्चरहरूको शेयर बढी वृद्धि हुनेमा परेका छन् । नेपाल एसबिआई बैंकको ऋण्पत्र ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एभरेष्ट बैंकको बोन्ड ५ प्रतिशतभन्दा बढीले र ज्योति विकास बैंकको बोन्ड ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज इस्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सामुदायिक लघुवित्तको शेयर ७ प्रतिशतभन्न्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट बैंकको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ भने राधी विद्युत् कम्पनीको २४ करोड ६१ रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमा गिरावट आएको छ । 
 
