RayNewsDaily
कार्यक्रम लोक मञ्चको १०० शृंखला पुरा

काठमाडौं । नेपाली लोक भाखा र लोकसंस्कृतिको संरक्षण गर्दै आमदर्शकलाई मनोरञ्जन गराउने उद्देश्यले रे टेलिभिजन एचडीबाट नियमित रुपमा प्रसारण भइरहेको कार्यक्रम लोक मञ्चले एक सयौंं शृंखला पूरा गरेको छ । 

Lok Munch 21692256948.jpg

सो अवसरमा बोल्नु हुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले नेपाली लोक साँगितिक क्षेत्रमा क्रियाशिल कलाकारहरुको विगत र वर्तमान अवस्थाको यथार्थ जानकारी र नेपाली मौलिक लोकभाखा र लोकसंस्कृतिको सम्वद्र्धनका लागि कार्यक्रम लोकमञ्च समर्पित रहेको बताउनु भयो ।

Lok Munch_001692257194.jpg

कार्यक्रम लोकमञ्चका सञ्चालक शिवराम भण्डारीले रे टेलिभिजनको उज्यालो पर्दामा लोकभाखा र लोकसंस्कतिका विविध फुलहरु फुलाउन आफु लागिरहने बताउनु भयो । 

Lok Munch 61692257240.jpg

सो अवसरमा कार्यक्रम सञ्चालक शिवराम भण्डारी, सिजन टेलरिङ सेन्टरका प्रोपाइटर विकास रायमाझी, देवकोटा टेलर्सका प्रोपाइटर रविन कुमार नेपाली, क्रिएटिभ सरसफाई अभियानका अध्यक्ष बबरमान तामाङ, कालिञ्चोक फाउण्डेशनका अध्यक्ष दिनेश कुमार खड्का, गायक कुमार कार्की र आशा लामा ज्ञानमालालाई सम्मान गरिएको थियो ।

Lok Munch 51692257356.jpg

रे टेलिभिजनका समाचार निर्देशक व्याकुल पाठक, कार्यक्रम निर्देशक रोशन के.सी. र सम्मानीत महानुभावहरुले कार्यक्रम लोक मञ्चको निरन्तरताको कामना गर्दै शुभकामना समेत व्यक्त गर्नुभएको थियो । 

Lok Munch 31692257402.jpg

Lok Munch 71692257468.jpgLok Munch 81692257618.jpg

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update