RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि   

रे समाचार/काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३०.७५ अंकले वृद्धि भई २६३१.१४ विन्दुमा पुगेको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ७ अर्ब ५१ करोड ३९ लाख बराबरको शेयर खरिद बिक्री भएकोमा आज ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज पाँच वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी गु्ह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र उन्नति सहकार्य लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज खानीखोला हाइड्रोपावर र एनआइसी एसिया फ्ल्यक्सी क्याप फन्डको शेयर सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रोपावरको कारोबार रकम ३४ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको २५ करोड ४८ रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये आज व्यापार उपसमूहमा मात्र गिरावट आएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update