RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि , परिसूचक २६०० विन्दुमाथि

रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । शेयर बढेसँगै २६ सयको मनोवैज्ञानिक विन्दुमाथि पुगेको छ । नेप्से सूचकसँगै कारोबार रकम बढेर साथ दिएको हो ।

आज नेप्से परिसूचक २४.२२ अंकले वृद्धि भई २६००.३८ विन्दुमा पुगेको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो बुधबार ५ अर्ब ४५ करोड ९७ लाख बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ५१ करोड ३९ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सूपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यसैगरी, एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । सो म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको छ भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको आज एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधि विद्युत् कम्पनीको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ भने नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड १० रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update