RayNewsDaily
आठवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जनाघाइते, सातजना गम्भीर   

चितवन । भरतपुर महानगरपालिका-९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् ।    
      
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६-००१ प ९९८१, बा प्र ०३-००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३-००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।    
    
राससका अनुसार ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९ पुरानो मेडिकल कलेज०मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।    

घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।    
    
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् ।    

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update