रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ५.१९ अंकले वृद्धि भई २५०९.०४ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् कात्तिक २ गते २ अर्ब ७९ करोड ११ लाख बराबरकोे शेयर किनबेच भएकोमा आज २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज एसबिएल डिभेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, समता घरेलु लघुवित्तको शेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, हिमालयन पावर पार्टनर र नेपाल रिइन्स्युरेन्स कम्पनीको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज तारागाउँ रिजेन्सी हाटल र भगवती हाइड्रोपावरको शेयर ७ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसबिएल डिभेन्चरको २३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमूल्य घटेको छ ।
