
रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज १६.६७ अंकले वृद्धि भई २५०३.८५ विन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब २७ करोड ५४ हजार रुपियाँ बराबरको शेयर कारोबार भएकोमा आज २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको शेयर सबैभन्दा बढी करिब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, हिमालयन पावर पार्टनर र भगवती हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, एसियन हाइड्रोपावरको ७ प्रतिशतभन्दा बढी र अभियान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज हिमालयन डिभेन्चरको शेयर ६ प्रतिशतभन्दा बढी र कालिका लघुवित्तको ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन डिष्ट्रिलरीको २५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज तीनवटा उपसमूहको शेयर मूल्य घटेको छ । अन्य सबै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ ।