RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट   

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २२.५८ अंकको गिरावट आई २५०५.५८  विन्दुमा झरेको छ । नेप्से गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ३६ करोड ६१ लाख बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपियाँको शेयर किनबेच भएको छ ।

आज समता घरेलु लघुवित्तको शेयर सबैभन्दा बढी करिब ७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, एनआइसी एसिया ब्यालेन्स फन्डको शेयर ५ प्रतिशतभन्दा बढीले बढेको छ भने क्रेष्ट माइक्रोफाइनान्स, मातृभूमि लघुवित्त र ग्लोबल आइएमई ब्यालेन्स फन्डको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समाज लघुवित्त र विन्द्ययवासिनी हाइड्रोपावरको शेयरमूल्य भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ५४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन रिइन्स्युरेन्स कम्पनीको १३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज म्युच्युअल फन्ड उपसमूहको मात्र शेयरमूल्य वृद्धि भएको छ । अन्य सबै उपसमूहको शेयरमूल्यमा गिरावट आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update