RayNewsDaily
सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो    

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।     
     
आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो ।     
     
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।    रासस

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update