
रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ४५.३६ अंकको गिरावट आई २५५९.५९ विन्दुमा झरेको छ । नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ४ अर्ब ६२ करोड ९० लाख बराबरको शेयर किनबेच भएकोमा आज ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज पनि डिभेन्चरहरूको शेयर उच्च दरमा वृद्धि देखिएको छ । सांग्रिला डेभलेपमेन्ट बैंकको डिभेन्चर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एनएमबी डिभेनचर र आत्मनिर्भर लघुवित्तको शेयर ६ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी थ्रीस्टार हाइड्रोपावर र सिद्धार्थ बैंकको डिभेन्चर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । प्रभु इन्स्योरेन्सको शेयर भने आज सर्वाधिक ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रोपावरकाो २४ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने सिनर्जी पावर डेभलेपमेन्ट कम्पनीको कारोबार रकम २२ करोड ५० लाख नाघेको छ । आज पनि नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको शेयरमा गिरावट आएको छ ।