रे समाचार/काठमाडौं । दशैंपछि पहिलो पटक खुलेको शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ५८.५५ अंकको गिरावट आई २६०४.९६ विन्दुमा झरेको छ ।
नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने वृद्धि भएको छ । दशैंअघिको अघिल्लो कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज डिबेन्चरहरूको शेयर उच्च दरमा वृद्धि भएको छ । सेन्चुरी डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एनआइसी एसिया ऋणपत्र र स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेन्चर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी सिक्लेस हाइड्रोपावरको शेयर ७ प्रतिशतभन्दा बढी र थ्रीस्टार हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भूगोल इनर्जीको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्सको शेयर ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ३१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीकोे १९ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रिइन्स्युरेन्स कम्पनीको कारोबार रकम १२ करोड ६१ लाख नाघेको छ । आज नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको शेयरमा गिरावट आएको छ ।
