रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ११.५१ अंकले वृद्धि भई २६६३.५१ विन्दुमा पुगेको छ । दशैँअघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक भएर बन्द भएको हो ।
नेप्से वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब २६ करोड ४ लाख बराबरको शेयर किनबेच भएकोमा आज २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपियाँको शेयर कारोबार भएको छ ।आज ग्लोबर आइएमई समुन्नत योजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भगवती हाइड्रोपावरको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने युनियन हाइड्रोपावर र नदीप लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज सिक्लेस हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीकोे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ८ करोड १८ लाख नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयरमूल्य घटेको े छ भने अन्य सबै उपसमूहको शेयर बढेको छ ।
