RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट 

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ  । शेयर बजार मापक नेप्से परिसूचकमा आज २.३५ अंकको गिरावट आई २६५२ विन्दुमा झरेको छ । नेप्सेमा आएको गिरावटसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १२ करोड ४८ लाख बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपियाँको शेयर किनबेच भएको छ । 

आज हिमस्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका पावर कम्पनी, गुराँस लघुवित्त, सानिमा डिभेन्चरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज सिटी होटलको शेयर भने सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, युनियन हाइड्रोपावरकोे १८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रिइन्स्युरेन्स कम्पनीको कारोबार रकम ११ करोड ३८ लाख नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर वृद्धि भएको छ भने अन्य सबै उपसमूहको शेयर घटेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update