RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट  

रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ  । शेयर बजार मापक नेप्से परिसूचकमा आज २७.८९ अंकको गिरावट आई २६५४.३५ विन्दुमा झरेको छ ।

नेप्सेमा आएको गिरावटसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब २९ करोड २७ लाख बराबरको शेयर किनबेच भएकोमा आज ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माथिल्लो मालुङखोला जलविद्युत् कम्पनी, सिटी होटल र हिम स्टार ऊर्जा कम्पनीको शेयर सकारात्मक सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी सिटिजन म्युच्युअल फन्ड र भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज उन्नति सहकार्य लघुवित्तको शेयर भने सर्वाधिक ५ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल रिइन्स्युरेन्स कम्पनीकोे १७ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रिइन्स्युरेन्स कम्पनीको कारोबार रकम १३ करोड ३७ लाख नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको शेयर वृद्धि भएको छ भने अन्य सबै उपसमूहको शेयर घटेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update