RayNewsDaily
शेयर बजार १११ अंकले वृद्धि 

रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ  । जेनजी आन्दोलनपछि खुलेको पहिलो दिन बजारमा उच्च अंकले गिरावट आएकोमा आज एक सय अंकभन्दा बढीले वृद्धि भएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज १११.७० अंकले वृद्धि भई २६२३.६२ विन्दुमा पुगेको छ ।

नेप्सेमा  वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७२ करोड ८७ लाख बराबरको शेयर किनबेच भएकोमा आज ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज दशवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिनधु विकास बैंक, भूगोल इनर्जी डेभलेपमेन्ट कम्पनी, गु्डविल फाइनान्स, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर, अपी पावर कम्पनी आँख्ुखोला जलविद्युत् कम्पनी लगायतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज सिद्धार्थ प्रिमियर इन्स्युरेन्सको शेयर भने सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८३ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्स कम्पनीकोे ४८ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार रकम ३० करोड ४८ लाख नाघेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये आज म्युच्युअल फन्ड र निर्जीवन बिमाबाहेक सबै उपसमूहको शेयर वृद्धि भएको छ । निर्जीवन बिमाको शेयर आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले घटेको छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update