RayNewsDaily
झापाबाट ९२ जना थुनुवा फरार   

झापा   जेनजीप्रदर्शनका क्रममा जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ९२ जना थुनुवाहरू अझै सम्पर्क नआएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको     
    
 यही भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका ३६, इलाका प्रहरी कार्यालय दमकका ५१ झिलझिले इलाका प्रहरी कार्यालय पाँच गरी ९२ जना थुनुवा भगेका थिए उनीहरू हालसम्म पनि सम्पर्क नआएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो     
    
राससका अनुसार प्रदर्शनकारीले जिल्लाका दमक, विर्तामोड, झिलझिले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा आजगनी तोडफोड गरेका थिए विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा आगजनी हुनुअघि प्रदर्शनकारीले नियन्त्रणमा लिएका हतियार सेनाले फिर्ता लिइसकेको     

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update