लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाण्डू । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाण्डू तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय