रवि लामिछानेलाई आन्दोलनकारीले जेलबाट बाहिर निकाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । आज दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् ।
लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा रहनुभएको थियो । नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीहरूले ढुंगा मुढा गरेका थिए । कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएको उहाँले बताउनु भयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय